Public Pana
सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्ने  :  नवमन्त्री साह

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रीत गर्ने बताएकी छन् ।

आज सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताएकी हुन् ।

उनले पार्टीको रुपमा नभएर नागरिकले चुनेर पठाएको भन्दै संविधान अनुसार सुलभ सेवा प्रभाव गर्ने उल्लेख गरे ।
त्यसअघि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ  लिएकी हुन् ।

मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update