Public Pana
विमानस्थलबाट बाहिरएको सुन तौलसँगै गाल्ने प्रक्रिया शुरु 

राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थल भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया शुरु गरेको छ ।

आज सोमबार सञ्चारकर्मीको उपस्थीतिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया शुरु गरेको हो ।
ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ ।

टक्सारका कर्मचारीले कालो रंग खुर्किदा सुन देखिएको थियो ।

ब्रेकसुबाट सुन निकालिसकेपछि मंगलबारसम्म सुन गाल्ने काम सम्पन्न हुने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । 

सुन गालेर परिक्षण गरेपछि सुनको वास्तविक परिमाण यकिन हुने उहाले बताउनुभयो । सिआइवी, राजस्व र राष्ट्र बैंक केन्द्र र टक्सारका प्रतिनिधिको टोलीको उपस्थीतिमा पारदर्शी रुपले सुन गाल्ने , परिक्षण र जोख्ने काम हुने आचार्यले बताउनुभयो ।

साउन ४ गते राजस्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालय बाहिरबाट सुन बरामद गरेको थियो । 

sun-1-1692003145.jpg

sun-11692003124.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update