Public Pana
स्वास्थ्यमन्त्रीको हाम्डासँग भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर–हाम्डीबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

भेटमा स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच बिस्तारका नीति लिएको जनाउँदै आर्थिकरुपमा कमजोर नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए ।

युएनका आवासीय संयोजक हाना सिङ्गर–हाम्डीले नेपालको कुन क्षेत्रमा कस्तो सहकार्य आवश्यक छ भनेर चाँडै छलफल गरी सोहीअनुसारका कार्यक्रम तय गर्ने विश्वास जनाए ।

नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताए ।

युएन अन्तर्गतका निकायसँग नेपाल सरकारले कुनै पनि कामका लागि सहकार्य गर्न चाहेमा जानकारी गराउनुपर्ने जनाउँदै उहाँले त्यसमा सहजीकरण गरर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update