Public Pana
कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्नताको आरोप लगाउन नहुने महराको स्पष्टिकरण

सुन तस्करी प्रकरणमा जोडिएको माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले पहिलो पटक मुख खोलेका छन् ।

सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन सिध्याउने प्रयास भएको उनको आरोप छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै राहुलले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा आपत्ति र दुख व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । सञ्चारमाध्यम बाट एकोहोरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौ ।’

कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।’

mahat1691998988.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update