Public Pana
भीषण वर्षापछि भारतको सिमलामा पहिरो  :  झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो

भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । ९ जनाको शव भेटिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो ।

पहिरोले मन्दिर पनि ढलेको खबरमा उल्लेख छ ।

पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार तथा खोजी कार्य भइरहेको छ ।

भीषण वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौँ गाडीहरु बाटोमा अलपत्र परेका छन् । हिमाञ्चलकै सोनलमा भीषण वर्षा हुँदा सात जनाको ज्यान गएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update