Public Pana
ललिता निवासमा आफ्नो संलग्नता नरहेको माधव नेपालको दाबी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरण (ललिता निवास) मा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

युरेपेली देशहरुको भ्रमण छोट्याएर आज सोमबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेकोले मुआब्जामा कुनै दोषि नरहेको उल्लेख गरेका हुन् ।

अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको बताउँदै पूर्वनिर्धारित कार्यक्रममा गएपछि भागेको आरोप लगाउनु मुर्खताको संकेत दिए । 
उनले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्ने कुरामा आफूले चुनौतीको सामना गरेर अघि बढ्ने बताए । 

अध्यक्ष नेपाल साउन २२ गते स्विजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायत युरोपेली मुलुकको भ्रमणमा निस्किएका थिए ।

त्यसको एक दिन अघि साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

lalita niwas1688897952.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update