Public Pana
‘नक्कली’ भएको आरोपमा पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार साँझ रञ्जित कुमार यादवलाई थुनामुक्त गरेको हो ।
एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो ।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो ।

यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update