Public Pana
बाढीको खतराका कारण पूर्वपश्चिम राजमार्ग बन्द

कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन् । 

सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ । 

बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन् । 

आज सोमबार बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ । 

कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो । कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update