Public Pana
नयाँ मन्त्री अनिता साहको शपथ आज

जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ आज सोमबार हुने भएको छ ।   

साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 

जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो । 

हिजो आइतबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । 

यसअघि गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा  जनमतबाट खानेपानी मन्त्री भएका अब्दुल खानले गत चैत १७ गते राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update