Public Pana
कागबेनीमा बाढीले क्षति, बाढीले ३१ घर बगायो, उपल्लो मुस्ताङ जाने बाटो बन्द

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा हिजो आइतबार राती बाढीले ३१ घर, प्रहरी चौकी र पुल बगाएको छ ।

बाढीपछि स्थानीय बासिन्दालाई नेपाली सेना र अन्य सुरक्षाकर्मीले करिब ५०० मिटरमाथि सुरक्षित क्षेत्रमा सारेका छन्। 

गाउँपालिकाको केन्द्रसमेतa रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षतिपुराएको  हो ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर–होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताएको बताए ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ ।

कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।

विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ ।

मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update