Public Pana
जनमत पार्टी आज पुनः सरकारमा जादै, अनितादेवीले  नयाँमन्त्रीमा सपथ लिदै

सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा आज सहभागी हुँदैछ । 
पार्टीबाट मन्त्रीमा सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको सपथ लिने तयारी भएको छ । 
राष्ट्रपति भवन शित्तल निवासमा अहिले विहान १० बजे उनलाई पद तथा गोपिनियताको सपथ गराउने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । 

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन ।नयाँ मन्त्री साहलाई सामान्य मन्त्रलाय दिने वा अर्को कुनै मन्त्रालय दिने भन्नेवारे टुंगो नलागेको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ । स्रोतका अनुसार कंग्रेससँग छलफल गरेर शहरी विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय अदलबदल गर्नेवारे समेत गृहकार्य भइरहेको स्रोतले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update