Public Pana
उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको साताव्यापी भ्रमणमा आज जाने भएका छन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औं चीन कुनमिङ्ग आयात–निर्यात मेला’ मा सहभागी हुन उनी आज सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी आज दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिए ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव,उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update