Public Pana
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

गत शुक्रवार देखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक आज  बिहान १० बजे बोलाइएको छ ।

समसामयिक राजनीतिक विषय, सांसद सुनिल शर्मा पक्राउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा छलफल भइरहेको छ ।

हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरूले आ आफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना छन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update