Public Pana
अर्थमन्त्री महतले सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले बदिलदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आज आइतबार भन्सार बिभागले काठमाडौंमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको भन्दै आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन हुन् ।

आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने उनले बताए ।
मन्त्री महतले भन्सारका प्रत्येक कार्यालयको कार्ययोजना माग गर्दै लक्ष्य अनुसारको राजस्व संकलनका लागि गम्भीर हुनुपर्ने धारणा राखे ।

मन्त्री महतले अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने र जिम्मेवार भएर काम गरे लक्ष्यभन्दा बढी पनि राजस्व उठाउन सक्ने उल्लेख गरे । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update