Public Pana
मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

चितवनबाट काठमाडौं फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतलाई सरकारमा ल्याउनका लागि आफ्नो पार्टीको कोटाबाट एक मन्त्रीलाई खालि गराउनका लागि पदाधिकारी बैठक डाकेका थिए ।

मोदीलाई फिर्ता बोलाएसँगै जनमतकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update