Public Pana
कसैले माग्दैमा राजीनामा दिनैपर्ने भन्ने होइन :  यातायातमन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

काठमाडौंमा आज आइतबाार आयोजित कार्यक्रममा मन्त्री ज्वालाले सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने स्पष्ट पारेका हुन् ।

वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने उनले बताए ।

मन्त्री ज्वालाले एक क्विन्टल सुन तस्करीबारे सिआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने दावी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा, सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ ।
मन्त्री ज्वालले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकार्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे ।

निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको उनले बताए ।

उनले आफु मन्त्रालयमा आएपछि भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको जिकिर गरे । उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update