Public Pana
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्।

मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका  हुन्।

बिवादका कारण तीन दिनसम्म मतगणना स्थगित गरि पुनः गणना शुरु गरिएको हो । अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भए ।

कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् भने कुसियैतले ३० हजार ३७१ मत ल्याएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update