Public Pana
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग नेताहरूले भेटेको विषयलाई अन्यथा लिन नहुने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वराष्ट्रपति भण्डारी एमालेमै फर्किएर राजनीति गर्ने लागेको भन्दै हल्ला चलाएर समस्या सिर्जना गर्न खोजिएको बताए ।
अध्यक्ष ओलीले भण्डारीसँग आफूले पनि पटक पटक भेटेको जानकारी दिदै सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न उनले आग्रह गरे । 

उनले भने, ‘यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे,’ ओलीले भने, ‘पार्टीमा आइदिनुप¥यो भनेर निम्ता गर्न भन्ने खालको, यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ ।’

ओलीले थपे, ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ, पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो, हाम्रो पार्टीको उपाध्यक्ष हो,’ ओलीले भने, ‘हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो, हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन, विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नुभएको छ ।’

२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी निजी निवासमा बस्दै आएकी छन् । उनी सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय रहेकी छन् ।

अध्यक्ष ओलीले एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव दाबी गरे ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update