Public Pana
जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता

जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन् । 

भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ वर्षका  नरु चन्द  हिजो बेलुका भेरी नदीमा खसेर बेपत्ता भएका थिए ।

शिवालय गाउँपालिका छेडाचौर बजारबाट घर फर्कँदै गर्दा  छेडागाड नगरपालिका–१३ गारातारामा रहेको सुर्खेत–छिन्चु–जाजरकोट सडक खण्डबाट खसेर उनि नदीमा बेपत्ता भएका हुन् ।

उनको खोजी भइरहेको तर नदीको बहाव धेरै भएकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update