Public Pana
शेयर बजार झन्डै १५ अंक बढ्यो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको पहिलो दिन आज आइतबार करिब १५ अंकले उकालो लागेको छ ।

नेप्से १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको हो । 

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।

सबैभन्दा धेरै थ्री स्टार र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा माउन्टेन इनर्जी नेपाल कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रीको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।

आज २७१ वटा कम्पनीका ९७ लाख १८ हजार कित्ता शेयर किनबेच भएका छन् ।

९५ हजार नौ सय वटा कारोबारमा तीन अर्ब एक करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको शेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update