Public Pana
काठमाडौंको नरदेवीस्थित घरको पाँचौँ तलामा आगलागी

काठमाडौंको नरदेवीस्थित एक घरमा आगलागी भएको छ ।

आज बिहान लागेको आगो झन्डै ६ घण्टाको प्रयासपछि निभेको प्रत्यक्षदर्शि कृष्ण गोपाल रञ्जितकारले जनाएका छन् ।
काठमाडौं महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तलामा बिहान करिब ७ बजे भएको आगलागी दिउँसो मात्र निभाउन सकिएको हो ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार  दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको हो । 

आगलागीबाट पाँचौँ तलाको ढोका र झ्यालमा क्षति भएको र त्यसको कारण भने खुल्न सकेको छैन । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update