Public Pana
प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्नुपर्नेमा जोड दिएका छन् । 

गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उल्लेख गर्दै उनले भ्रष्टाचारको नेतृत्वमा उभिएर सरकार चलाउनु नालायक भएकाले तुरुन्तै राजीनामा दिन सल्लाह दिएका हुन् ।

एमाले केन्द्रीय कार्यालयमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले २ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको उल्लेख गरे ।

उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update