भारतमा दुर्घटना हुँदा एकै परिवारका ७ जनाको मृत्यु
भारतको राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन्। उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो ।
सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालकसहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
यसअघि हिजो शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बीएसएफ) का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १४:०८
प्रतिक्रिया दिनुहोस्