Public Pana
सरकारी कार्यालयमा ताला, व्यवसायीको तेस्रो चरणको आन्दोलन

तेस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा आज आइतबार ताला लगाइदिएका छन् ।
 

निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलनरत छन् ।
 

व्यवसायीहरूले ताला लगाउँदै धर्नामा बसेपछि प्रहरीले उनीहरूको आन्दोलनमा हस्तक्षेप गरेको थियो । प्रहरीले निर्माण व्यवसायीहरूलाई पक्राउ गरी त्यहाँबाट हटाएका छन् ।
 

यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए ।
 

अध्यक्ष रवि सिंहले व्यवसायीहरूले सही प्रश्न उठाएको जानकारी हुँदासमेत सरकार बेखबर बनेको आरोप लगाएका छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update