Public Pana
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
हिजो शनिवार बस्ने भनिएको बैठक आज आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।

नक्कली सर्टिफिकेट प्रकरणमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update