Public Pana
१.७ करोड रुपैयाँ तलबमा च्याटजीपीटीलाई कर्मचारी चाहियो

च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईमा सुपरअलाइनमेन्टका प्रमुख जेन लीकीले कम्पनीमा अनुसन्धानकर्ता, इन्जिनियर र वैज्ञानिकहरूको आवश्यकता रहेको जनाएको छ ।
उनले आर्टिफिसियल इन्टेलिजेन्सको सुरक्षाका लागि उम्मेदवारहरू आफ्नो काममा साँच्चै समर्पित हुनुपर्ने बताए ।

 

कम्पनीले जोड दिएको छ कि ओपनएआई ती व्यक्तिहरूको खोजीमा छ जो आफ्नो काममा पूर्ण रूपमा समर्पित छन्, जसले गर्दा एआई मानव नियन्त्रण बाहिर जान नपाओस् ।
 

यसमा अनुसन्धान इन्जिनियरलाई वार्षिकरुपमा १ लाख ३० हजार डलर अर्थात करिब १ करोड ७० रुपैयाँ भन्दा माथिदेखि करिब ३ लाख ७० हजार डलर अर्थात करिब ५ करोड रुपैयाँसम्म दिने भनिएको छ ।


कम्पनीले १८ भन्दा बढी बिदा पनि दिनेछ । साथै, भुक्तान गरिएको अभिभावकीय बिदा (२० हप्ता सम्म) र परिवार नियोजन सहायता पनि उपलब्ध गराइनेछ । यसका साथै १५०० डलर सम्मको लर्निंग एण्ड डेभलपमेन्ट स्टाइपेन्ड पनि दिइने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update