मकवानपुरमा भारी वर्षा सर्तकता रहन अपिल
मकवानपुरमा भारी वर्षा भएकाले बाढी र डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले केही बेरअघि सूचना जारी गर्दै भनेको छ– पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुरगढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य ससाना खोलामाआकस्मिक बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ०९:४०
प्रतिक्रिया दिनुहोस्