Public Pana
जनमत पार्टी  आज  सरकारमा सहभागी हुने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । 
 

आज सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको हो । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीबाट अनितादेवी साहलाई मन्त्री बनाउने भएका हुन् ।  
 

जनमत पार्टीले गत असार २६ गते नै मन्त्रीका लागि अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ । 
 

आज भने प्रधानमन्त्रीले उनलाई मन्त्रीमा नियुक्ति गर्ने भएको जनमतले जनाएको छ । 
यसैबीच प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ ।

त्यसैले अब अर्काे मन्त्री थप्दा यही संख्याभित्र समेट्नुपर्ने भएकाले कुनै एक मन्त्रीलाई हटाएर उनको ठाउँमा साहलाई राख्नुपर्ने बाध्यता प्रधानमन्त्री प्रचण्डलाई छ । 
 

सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रको कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको छ ।

यसैले साहलाई मन्त्री बनाउन माओवादीले आफ्नो एउटा मन्त्रीलाई फिर्ता बोलाउनुपर्नेछ ।
हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update