Public Pana
कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार 

नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

३ दिन अघि गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो । 

मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले लगाइएको ‘हल्टर मोनिटर’ अहिले निकालिएको बताए । उनलाई अहिले ‘अब्जर्वेशन’ राखिएको छ ।

मन्त्री गुरुङलाई हाल त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update