Public Pana
भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज आइतबार देशका धेरैजसो स्थानमा पानी पर्ने र कतिपय ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोप हुने भएकाले सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 
 

भोली सोमबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । 
आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

यस्तै राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत हुनेछ ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Heavy rainfall1691810768.jpeg
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update