Public Pana
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । साथमा एमालेका अन्य नेताहरुको पनि उपस्थिती रहनेछ ।

वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न एमालेले विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमाले केन्द्रीय प्रचार विभागका सचिव गोकर्ण विष्टले जानकारी दिए ।

‘मध्यान्ह १२ बजेर ४५ मिनेटमा अध्यक्षले पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो,’ सचिव विष्टले भने,–‘उहाँले उक्त पत्रकार सम्मेलनमा वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुहुनेछ ।’

सुन तस्करी काण्डमा एमालेले उञ्चस्तरीय छानबिन समितिको माग गदै निरन्तर संसद अवरोध गदैं आईरहेको छ । शनिबार मात्रै एमाले अध्यक्ष केपी ओलीले सरकार पाकिस्तानी मोडलमा प्रतिशोधको राजनीतिमा लाग्न थालेको आरोप लगाएका थिए । आजको पत्रकार सम्मेलनलाई अन्य राजनीतिक दलहरुले पनि चासोका साथ हेरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update