Public Pana
कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । 

स्टडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो ।
खेलको ४४ औँ मिनेटमा लेइसी सान्तोसले गोल गरेर कोलम्बियालाई अग्रता दिलाएकी थिइन् ।

तर, पहिलो हाफको अन्तिममा लुरेन हेम्पले र ६३ औँ मिनेटमा अलेसिया रुसोले गोल गरेर इंग्ल्याण्डलाई विजयी गराइन् ।
योसँगै महिला विश्वकप २०२३ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

अब पहिलो सेमिफाइनलमा आउँदो मङ्गलवार स्वीडेन र स्पेन तथा दोस्रो सेमिफाइलनमा बुधवार अष्ट्रेलिया र इंग्ल्याण्डले खेल्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update