Public Pana
विश्व हात्ती दिवस :   फलफूल खुवाएर मनाइयो

अगष्ट १२ विश्व युवा दिवससँगै आज विश्व हात्ती दिवस, बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीसारमा हात्तीलाई फलफूल खुवाएर मनाइएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी निकुञ्जको जैविक विविधता तथा वन्यजन्तु संरक्षण अभियनमा जुटेका चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले हात्ती दिवस मनाएका हुन् ।

दिवसमा हात्तीलाई फलफूल खुवाएर मनाइएको बर्दिया निकुञ्जले जनाएको छ ।
बर्दिया निकुञ्जमा रहेको एसियाकै सबैभन्दा ठूलो हात्ती राजगजको सम्झनामा हात्तीसारमा राजस्तम्भ खमारी गाडिएको छ ।
थारु समुदायको परम्परा र हिन्दू धर्म परम्परा अनुसार हात्तीको पूजा गरिन्छ । हात्ती दिवस भने हात्तीलाई फलफूल खुवाएर मनाउने गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले जनाउको छ । 

क्यानडाकी प्याट्रीसिया सिम्स र थाइल्यान्डकी रानी सिराकितको पहलमा झन्डै ११ वर्षअघि १२ अगस्ट २०१२ देखि हात्ती दिवसको शुरुवात भएको हो ।
hatti-1691844978.jpg

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update