Public Pana
स्वच्छ वातावरणका लागि विद्युत सवारी साधनको प्रयोगमा जोड  :   मन्त्री वस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गरे । 

‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ’,  मन्त्री बस्नेतले भने। विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे । 

विद्युत्को खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामाग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । 

प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update