Public Pana
कैलालीका हुलाकी राजमार्गले वर्षेपानी छेकिंदा समस्या

वर्षायाममा हुलाकी राजमार्गका कारण कैलालीको टीकापुर र भजनी नगरपालिका क्षेत्रको सयौं बिघा खेत जलमग्न बनेको छ ।

हुलाकी राजगर्मा खेतभन्दा अग्लो भएकाले बाँध जस्तै बाधा भएर पानी एकातिर पर्ने भएकाले खेत जलमग्न भएको हो ।
कैलालीको टीकापुर र भजनी नगरपालिका खेत जलमग्न बनेको बनेकाले समस्या भएको किसानहरुले बताएका छन् ।

सडक खेतभन्दा अग्लो भएकाले पानीको निकास पनि नभएकाले केही दिनयता त्यस क्षेत्रको खेत तलाउ जस्तै बनेको कैलाली टीकापुरका रवी चन्दले बताउँछन् । 

हुलाकी राजमार्गका कारण पानीको निकास नहुँदा तीनै नदीको पानी खेतमा आउँछ ।

२०७८ कात्तिक २ गते आएको वाढीले टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाँध भत्काउँदा चार वटा वडाको अधिकांश भूभाग डुबानमा परेको थियो ।

bhnani flood --ok1691828402.jpg

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update