Public Pana
सुमेरु सहकारीमा चित्र बहादुर केसीको  ८ करोड रुपैया झ्वाम् !


लतितपुरको सुमुरु सहकारीमा धेरै व्याज पाउने लोभमा ८ करोड रुपैया बचत गरेका चित्रबहादुर केसीको सवै रकम डुवेको छ । लतिलपुरनिवासी केसीले बैंकहरु भन्दा राम्रो व्याज दिने सुनेर सुमेरुमा उक्त रकम बचत गरेका थिए ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भनेर कतिपयले उनको रकम डुवेकोवारे सोधखोज गर्न खोजेपछि उनी नेता चित्रबहादुर केसी नभई पुर्व  सरकारी कर्मचारी ललितपुर निवासी चित्रबहादुर केसी भएको थाह भएको हो ।

 हाल उनी विदेशमा बस्दै आएका छन् । आफ्नो रकम सुमेरु सहकारीमा डुवेकोवारे थाह पाए लगत्तै विदेशबाट अत्तालिदै आएका केसीलाई सहकारीका संचालक समितिका सदस्यहरुले समुरु ग्रपका नाममा रहेको जग्गा लिएर हिसाव मिलान गर्न दवाव दिइरहेका छन् ।

अहिले घरजग्गाको कारोवारमा मन्दी आएको र मुल्यमा समेत गिरावट आएका बेला सुमेरु संचालक समितिका सदस्यहरुले ललितपुरके विष्टछापमा रहेका जुगा लाग्ने जग्गालाई घडेरी भनेर दोव्वर मुल्यमा भिडाउन खोजेपछि रकम फसाएका निक्षेपकर्ताहरु डिप्रशनको शिकार हुने अवस्थामा पुगेका छन् ।

चित्रबहादुर केसी जस्तै अन्य बचतकर्ताको पनि अवस्था दयनिय भएको छ । नेपालका नाम चलेक डाक्टर, इन्जिनियर र ठुला व्यवसायीको रकम समेत सुमेरुमा डुवेको छ ।

सुमेरुका मुख्य संचालक भरत मर्हजन  बचतकर्ताको रकम फिर्ता गर्न नसकेर हाल बेलयातमा छोरीको घरमा लुकेर बसेका छन् ।

उनीसँग केही सिमित व्यक्तिहरुले हाट्वसएपमा कुरा गर्दा आफुलाई संचालक समितिका अन्य साथीहरुले डुवाएको गुनासो गरेको उनी निकट सहकारी संचालक सदस्यले जानकारी दिए ।

सुमेरु ग्रपका अध्यक्ष महअर्जनले आफुले संचालन गरेको एक अनलाईन मार्फत सुमेरुमा १२ अर्ब बचत रहेको र १० अर्ब निक्षेप रहेको अवस्थामा संचालक समितिका अन्य सदस्यले आफुलाई जानकारी नदिई रकम हिनामिना गर्दा यो अवस्था श्रृजना भएको दावी गरेका छन् ।  

समेरु सहकारी संचालक समितिका अध्यक्ष रहेका हेमराज दाहाल र कम्पनी सचिव बिनोद आचार्य लगायतले ५० करोडसम्म रकम झिकेर आफु खुसी चलाएको भन्दै महर्जनले यो अवस्था आउनुमा आफ्नै साथीहरुको बेइमानी रहेको गुनासो आफु निकटलाई गरेका स्रोतको दावी छ ।

कतिपय बचतकर्ता रकम डुब्ने डरले सुमेरुले विभिन्न ठाँउमा दिएको घडेरी पास गरि हिसाव मिलानमा लागेपनि उक्त जग्गा लिने प्रक्रियामा समेत संचालक समितिका सदस्यहरुले थप घोटाला गरिेरहेको बताइएको छ ।

सुमेरु ग्रपका अध्यक्ष महअर्जनले आफुले संचालन गरेको एक अनलाईन मार्फत सुमेरुमा १२ अर्ब बचत रहेको र १० अर्ब निक्षेप रहेको भन्दै आफुलाई अनावश्यक रुपमा आफ्नो चरित्रहत्या गरिएको दावी गरेका छन् ।

उनीनिकट स्रोतका अनुसार संचालक कार्यसमितिमा रहेकाहरुले ठुलो रकम झिकेर हिनामिना गर्दा सहकारी नै संकट परेको मर्जनको गुनासो छ । हाल संचालक समितिमा अध्यक्ष, हेमराज दाहाल सदस्यहरु दिलिप डंगोल,विनोद आचार्य, सुनील डंगोल, रमेश महर्जन, स्वच्छन्दा मानन्धर, धनेन्द्र कट्टेल र बिरु महर्जन छन् ।  

बचतकर्ताको रकम फिर्ता गर्न नसकेछि यतिबेला संचालक समिति सदस्य र बचतकर्ता दैनिकजसो चर्काचर्की पर्ने गरेको छ । सुमेरुमा ठुलो रकम बचत गर्नेहरुमा चित्रबहादुर केसीसहित, ठाकुर चन्द्र श्रेष्ठ, महेन्द्र मालाकार, शोभिता केसी, सुनीता मालाकार, नारायण श्रेष्ठ, बोदराज भण्डारी, मनोरञ्जन शर्मा, धुव्र महर्जन लगायत छन् ।

उनीहरुको करौडौ रकम सुमेरुमा फसेको छ भने कतिपय सरकारी कर्मचारी र आर्थिक स्रोत खुलाउदा अफ्ठेरो पर्ने डरले केही बचतकर्ता खुलेर बिरोधमा आउन सकेका छैनन । उनीहरुले सवैले पाउँदा हामीले पनि पाउला नि भन्दै फोन मार्फत सम्पर्कमा बसेको स्रोतको दावी छ । 

अन्य केही सहकारीका मुख्य संचालकलाई प्रहरीले इन्टरपोलको माध्यामबाट पक्राउ गरी नेपाल ल्याएपनि माओवादी नेताहरुसँग राम्रो सम्बन्ध बनाएका भरत महर्जनलाइ तत्काल नेपाल ल्याएर कानुनी प्रक्रियामा ल्याउनेवारे सहकारी विभागले खासै चासो नदेखाएको सहकारी विभाग स्रोतले जनाएको छ । 

सुमेरुमा सहकारीमा ठुलो रकम जम्मा गरेका बचतकर्ताको नामावली, चित्रबहादु केसीसहित 

Chitra Bd KC1691816228.jpeg

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update