Public Pana
कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानमा

पाकिस्तानमा आज शनिबार कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुन सक्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ ।

पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले हिजो शुक्रबार राति जियो न्युजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताएका छन् । 

यसैबीच प्रधानमन्त्री शहबाज सरिफले कार्यवाहक प्रधानमन्त्रीको नाम आज अगष्ट १२ शनिबार तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । 

पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले शुक्रबार एक पत्र लेख्दै प्रधानमन्त्री शेहबाज शरीफ र विपक्षी नेता राजा रियाजलाई संविधान अनुसार कार्यवाहक प्रधानमन्त्रीको बारेमा निर्णय लिनु पर्ने स्मरण गराएका थिए ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update