Public Pana
नयाँ सरकार गठनवारे सत्तारुढ दलका प्रमुखहरुबीच छलफल

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन्।

आज बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को उनीहरूको छ। शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउनेबारे समझदारी बनेको थियो।

बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन्।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update