Public Pana
मन्त्रिपरिषद् पुनर्गठनको तयारी  : सम्भवत माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने

जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ ।

सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । कसलाई फिर्ता बोलाउने भन्ने तय भइसकेको छैन ।

तर जनमतकी सांसद साहलाई आज वा भोलाी मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो ।

Anita-devi-Saha1691801942.jpg
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update