Public Pana
बोलेकै भरमा सुनिल शर्मा पक्राउ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिका बिरुद्ध बोलेकै कारण सांसद सुनिल शर्मालाई पक्राउ गर्ने काम भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहलाई सम्बोधन गर्दै

अध्यक्ष ओलील सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गर्ने काम भएको बताएका हुन् ।

सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको उनले उल्लेख गरे । अध्यक्ष ओलीले दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको आरोप लगाए । 

त्यस्तै उनले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरुले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सवैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताए ।
 

 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update