Public Pana
सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश  दण्डपाणि शर्माको इजलासले आज शुक्रबार शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले थुनामै राखेर अनुसन्धान गर्न भनेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update