Public Pana
आगामी वर्षदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा बेच्न नपाइने 

सुर्तीजन्य वस्तुहरु सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी लगायत प्लास्टिकको खोलमा आगामी वर्ष २०८१ देखि प्याकिङ र बिक्रि गर्न गर्न नपाइने भएको छ ।
 

सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएकाले आगामी वर्षदेखि लागु हुने आन्तरिक राजस्व विभागले जनाएको छ ।
 

यो समयसम्म यस्ता वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने छ ।

नियमावली अनुसार सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जान सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।


 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update