Public Pana
महिनावारी सुकेको ५ बर्षपछि आइभिएफबाट नर्भिकमा महिलाले छोरा जन्माइन

ललितपुरकी एक ५५ बर्षिय महिला टेष्ट ट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्ट ट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्मास“गको एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रिया मार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ । 
बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपुर्ण मानिन्छ डा. शर्माले भनिन ः  तर पनि हाम्रो उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफ मार्फत ती महिनालाई आमा बनाउन सफल भयौ यसमा हामी सवै खुसी छौ । 
३० बर्षिय छोराको आकस्मिक निधन भएर बिक्षिप्त बनेको हाम्रो परिवारमा २७ बर्षपछि छोराको रुपमा अर्काे सन्तान आउ“दा खुसीको सिमा छैन बिमलाले भनिन,  । 
। नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन । श्रीमतीको उमेर ५५ बर्ष र श्रीमानको उमेर ६८ बर्षको छ ।  
नेपालको सन्दर्भमा उमेर बढ्दै जादा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आइभिएफ पद्दतीबाट सन्तान जन्माउनु चुनौतीपुर्ण भएपनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सवै सम्भव भएको डा. शर्माले बताइन । 
यसअघि पनि डा.नुतन शर्मास“गको उपचारपछि ५४ बर्षिय काठमाण्डौकी एक महिलाले आइभिएफ पद्दतीबाट जुम्ल्याह सन्तान जन्माएकी थिइन ।  
बढी उमेर समूहको भएका महिलालाई हामीले सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छाै, डा शर्माले भनिन, ‘पछिल्लो सफलताले पनि बढदो उमेर मात्र सन्तान प्राप्तीमा बाधक होइन भन्ने पुष्टी गरेको छ तर सन्तान प्राप्तिको चाहना भएकाहरुले समयमै चिकित्सकस“ग परामर्श गर्नु जरुरी हुन्छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update