Public Pana
स्वास्थ्य मन्त्री सहित कोशी प्रदेशको सरकारमा जसपा 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)की एक मात्र सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री लिम्बुलाई आज शुक्रबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कोशी प्रदेश नामकरणको विरोध गर्दै आएकी लिम्बुले मुख्यमन्त्री थापाले प्रदेशको पुनः नामकरण गर्न प्रतिबद्धता जनाएकाले आफू मन्त्रिमण्डलमा सहभागी भएको बताइन् ।

“कोशी नाम खारेजीको विषयलाई लिएर आन्दोलनरत संघर्ष समितिसँग सरकारले वार्ता र सम्वादबाट सम्बोधन गर्छ भन्ने लिखित प्रतिबद्धता मुख्यमन्त्रीबाट आइसकेका कारण मैले शपथ लिएको हो,’ मन्त्री लिम्बुले भनिन्, ‘सरकारले प्रतिबद्धता कार्यान्वयन गरेन भने सरकारबाट बाहिरिन तयार छु ।”

लिम्बुले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि तत्कालीन गठबन्धन दलको तर्फबाट स्वास्थ्य मन्त्री थिइन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update