Public Pana
चालु आर्थिक वर्षको दोश्रो महिनामा बैंकको ब्याजदर बढ्ने

चालु आर्थिक वर्षको दोश्रो महिना भदौंमा बैंकहरुले ब्याजदर बढाउने भएका छन् । 

साउनमा ब्याजदर घटाएका बैंकबाट बढाएका बैंकहरूमा निक्षेप सर्न थालेपछि पहिले जसरी सहमतिमै कायम गर्नुपर्नेमा बैंकर्स एशोसियसन सहमतमा पुगेका छन् ।

उद्योगी व्यवसायीदेखि धेरैले सहमतिमा ब्याजदर निर्धारणको विरोध जनाउन थालेपछि घट्न पर्ने अवस्थामा पनि बढाउन एकमत हुनुपर्नेको विकल्प नभएको बैंकर्सले जनाएको छ ।

ब्याजदर घटेका बैंकहरूबाट करिब ४० देखि ४३ अर्ब रुपैयाँसम्म निक्षेप सरेकाले बैंकर्सका सदस्यहरुले एकद्धार प्रणाली अनुसार बराबर ल्याउन थालेका हुन् ।

साउनको लागि केही बैंकहरूले व्यक्तिगत निक्षेपमा अधिकतम ९.५० प्रतिशत ब्याजदर दिइरहँदा केही बैंकले भने १०.९३ प्रतिशतसम्म दिएका थिए ।

तर एनएमबी बैंक, नबिल बैंक, एनआइसी एशिया लगायतका बैंकहरूले ब्याजदर बढाएका थिए ।  
जसका कारण राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरू सबैले निक्षेपमा दिइरहेको ब्याजदरको १० प्रतिशत बिन्दुले मात्रै घटबढ हुने गरेर अर्को महिनाको लागि ब्याजदर बढाएर एउटै बनाउन थालेका हुन् ।

वाणिज्य बैंकहरूको यस्तो अनुपात भने ८५ प्रतिशतमा पुगेको अवस्था छ । 
प्रणालीबाट केही रकम घटेको र निक्षेपको खोसाखोसको समेत अवस्था आएपछि सहमतिमै ब्याजदर निर्धारणमा जानुपर्ने आवाज उठ्न थालेको हो । 

बैंकहरूले आवश्यकता अनुसार सहमतिमा ब्याजदर तोक्ने र पछि त्यसलाई खुला गर्ने क्रम यसअघि देखि नै चल्दै आएको छ ।  

बैंकहरूले २०७८ पुसदेखि सहमतिमा निक्षेपको ब्याजदर निर्धारण गर्दै आइरहेका थिए ।
अहिलेको अवस्थामा घाटा हुन नदिन एउटै मापदण्डमा बैंकहरु रहेका छन् ।

जसले गर्दा भर्दौदेखि समानान्तर भएर व्याजदर बढ्ने अवस्था छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update