Public Pana
पर्यटक बसबाट करिब ५३ लाख नक्कली नोट सहित ९ जना पक्राउ

नेपाल प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै ५२ लाख ७५ हजार नक्कली नोट सहित ९ जनालाई पक्राउ गरिएको जनाएको हो । बिहीबार नागढुंगा चेकप्वाइन्टमा पर्यटकबसलाई चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने एक हजार दरका नेपाली मुद्रा (नोट) ३५ गड्डीमा पैंतिस लाख त्रिहत्तर हजार फेला पारिएको र थप अनुसन्धान गर्दा गंगबु र भक्तपुरबाट थप नक्कली नोट सहित संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुपाञ्चोक घर भएका अर्जुन सुबेदी, शुशिल कार्की, शिव भण्डारी, मिलन भण्डारी, श्री कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा , गुल्मीका सागर आचार्य र नवलपरासीका पार्वती नेपाली रहेका छन् । उनीहरुबाट पेपर कटर मेसिन , कलर प्रिन्टर थान, प्रिन्ट पेपर रिम लगाएतक सामाग्री बरादम गरिएको काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक कार्कीले बताए । 

पक्राउमा परेका व्यक्तिहरु उपर मुद्रा सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट दिन–  ५ म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update