Public Pana
केही महिनाका लागि विमानस्थल बन्द

मुगु जिल्लाको ताल्चा विमानस्थलमा केहि महिनाका लागि १२ बजे पछि हवाई उडान बन्द गरिदा विरामी लगाएत जरुरी कामले जिल्ला बाहिर जाने यात्रुलाई सकस भएको छ ।

मुगु लगाएत कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा लगाएतका जिल्लामा मौसमको खरावीका कारण नागरिक उड्ययन कार्यालयले १२ बजे पछि हवाई उडान असुरक्षित हुने भनेर हवाई सेवा बन्द गरे पछि सर्वसाधारण प्रभावित भएका हुन् ।

कर्णालीका विमानस्थलहरुमा प्रायजसो मौसम खराबीका कारण १२ बजे भन्दा अघि हुस्सु र कुहिरोले  ढाक्ने १२ बजे पछि बिस्तारै कुहिरो हटेर आकास खुला भए पछि नागरिक उड्ड्यन प्राधिकरणको नियम लागु हुने गरेका कारण बर्तमान अवस्थामा जहाजमा उड्ने आषाले हप्तौ सम्म यात्रुहरु विमानस्थलमा अलपत्र परेको यात्रुहरुको दुखेसो छ ।

मौसम खरावीकै कारण यतिबेला बाढी र पैरोको डरले कच्ची सडकको यात्रा भन्दा हवाई यात्रा सुरक्षित ठान्ने अस्पताले रेफर गरेका लगाएत जटिल केशका बिरामी लगाएत दर्जनौ यात्रुहरु यतिबेला ताल्चा विमानस्थलमा मौसम खुल्ला र जहाज आउला भन्ने आषामा विमानस्थल कुरेको हप्तौ भैसक्यो जहाज चढन पाएका छैनन् ।

बर्षाको सिजनमा कर्णालीबासीलाई सडक तथा हवाई सेवा भएर पनि विरामीलार्ई समयमै अस्पताल पुर्याउन नसकि मृतु रण गर्नु पर्ने र महत्वपुर्ण कामका लागि समयमै गन्तब्यमा पुग्न नसकेर विभिन्न अवसरहरु समेत गुमाउनु पर्ने मुगुका नागरिकहरुको नियति बन्ने गरेको दुर्गमबासीहरुको दुखेसो छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update