Public Pana
विदेशबाट आउने किन फस्छन् सुन तस्करीमा ?

भन्सार ऐनअनुसार विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन ल्याउन सक्ने व्यवस्था गरिएको छ । 

कुनै व्यक्ति विदेशबाट आउँदा २६ ग्राम सुन ल्याएको छ भने उसले पहिले स्वःघोषणा गरेर एक ग्राम सुनको भन्सार महसुल तिर्न पर्ने हुन्छ । तर, उसले घोषणा गरेन र छानविनमा प¥यो भने चोरी पैठारीमा राखिन्छ । सुन जफत गरिन्छ । सुनको मूल्य बराबरको जरिबाना तिराइन्छ । 

महिलाको हकमा ५० र पुरूषको हकमा २५ ग्रामसम्म सुन भन्सार महसुल नतिरी ल्याउन पाइन्छ भने त्योभन्दा बढी सय ग्रामसम्मको सुनमा भन्सार महसुल तिर्नुपर्ने हुन्छ । 

भन्सार महसुल तिरेर ल्याउन पाउने र नतिरी ल्याउन पाउने सुनको सवालमा जानकारी नै नपाउँदा वैदेशिक रोजगारीबाट फर्केकाहरू समस्यामा पर्ने गरेका छन् ।

आफूले सुन चोरी पैठारी नगरेको गुनासो लिएर त्रिभुवन विमानस्थल कार्यालय प्रमुखसँग दैनिक औषत १० जना गुनासो सुनाउँछन् । 

भन्सारका अधिकारीहरूका अनुसार प्रहरीले समाएपछि जति बढी सुन भएपनि त्यो सुन जफत गर्नुका साथै त्यही मूल्य बराबरको जरिबाना तिराउनु पर्ने हुन्छ । 

साथै व्यक्ति उपर छानविनसमेत गरिन्छ । १०० ग्रामसम्मको सुनमा भन्सार तिरेर ल्याउनु पाइने भए पनि धेरै श्रमिकहरूले थाहा नपाएर पहिले घोषणा गर्दैनन् ।

पहिले घोषणा नगरेपछि त्यस्तो सुन भने चोरी पैठारी तथा तस्करीको रूपमा राखेर भन्सारले अनसन्धान गर्ने गर्छ ।
भन्सारले वा प्रहरीले समाएको यस्तो सामान उपर छानविन गर्नको लागि विमानस्थल प्रमुख भन्सार प्रशासक अनुसन्धान अधिकृत तोक्छ ।

अनुसन्धान अधिकृतिले २५ दिनभित्र प्रतिवेदन तयार पार्छ भने त्यसको तीन महिनाभित्र प्रमुख भन्सार प्रशासकले निर्णय दिनु पर्ने हुन्छ । कतिपय श्रमिक भने पैसाको लोभमा अरूको गहना बोकेर आउँदा पनि फस्ने गरेको त्रिवी भन्सार कार्यालयले जनाएको छ । 

विशेषगरी दुबईबाट आउने श्रमिकलाई यस्तो सुन बढी बोकाउने गरेको पाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update