Public Pana
रबीको पार्टीले सत्ता गठबन्धनका लागि एक्लै सहकार्य गर्ने हैसियत बनाउन सक्छ !

चुनावी मतगणनाको शुरुवाती रुझान हेर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई निकै ठुलो झट्का लाग्ने देखिएको छ ।

निर्वाचनपुर्व गरिएका सतही आंकलन र बिश्लेषणले मेल नखाने संकेत समेत मतगणनाको शुरुवाती अवस्थाले देखाएको छ । रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाइ मतदाताले गरेको अप्रत्याशित भोटिङका कारण यतिबेला सत्तागठबन्धनमा रहेका प्रभावशाली दलहरुको हैसियत नै खुम्चिने हो कि भन्ने अड्कलबाजी हुन थालिसकेको छ ।

त्यसो त कंग्रेसमा लिवरल भोटर धेरै हुने भएकाले रबी लामिछानेको घण्टीप्रतिको आकर्षणले सत्ताको नेतृत्वकर्ता पार्टीलाई समेत नोक्सान हुन सक्ने देखिएको छ ।

एमालेमा माधवकुमार नेपालको बर्हिगमनपछि लिवरल सोचाई राख्ने नेता कार्यकर्ता समेत बाहिरेको अवस्थामा यतिबेला केपी ओली नेतृत्वको नेकपा एमाले कट्टर पार्टि हो र उक्त पार्टिका कार्यकर्ताले अन्य विवेक प्रयोग गरेर अरु उम्मेदवारलाई भोट दिने कल्पना समेत गर्न सकिदैन त्यसबाट संगठनात्मक रुपमा एमालेलाई सवैभन्दा फाइदा हुने देखिन्छ ।
देशभर स्वतन्त्र पार्टीले तान्ने मत कंग्रेस, माओवादी र एकीकृत समाजवादीलाई जाने मत हो, नया“ मिडियाको बिकासले जनतालाई यतिसमेत सेचत गराइसकेको छ कि कालिकोटको बिकटमा बस्ने जेष्ठ नागरिकले समेत रबी लामिछानेको पार्टीलाई मतदान गरेका छन् ।

करिब ७ दशकदेखी जनताका लागि राजनीति गरेको भन्न नथाक्ने दलहरुले खेर फालेको र बर्बाद गरेको आफ्ना पुरानो समयलाई राजनीतिको सवै भन्दा ठुलो योग्यता बनाइरहे, तर समय बलवान छ सधैभरि जनतालाई मूर्ख ठान्ने परम्परागत पाटीलाई नेपाली जनताले यसपाली पटमुर्ख बनाइदिए ।

स्थानीय चुनावमा देखिएको बालेन क्रेजले प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा रबी लामिछानेलाई स्थापित बनाउने संकेत गरिसकेको छ ।

मतगणनाको शुरुवाती अवस्था हेर्दा रबी क्रेजले परम्परागत राजनीति गर्ने पुराना र जातियता र क्षेत्रियताको राजनीति गर्ने मधेसवादी दललाई ठुलै सवक सिकाउने प्रक्षेपण गर्न कुनै ज्योतिषी बिद्या आवश्यक नपर्ला ।

राजनीतिको अनुभव नभएका कारण चुनावी रणनीति प्रभावकारी बनाउन नसक्नु र अलि गतिला उमेद्वारको पहिचान नगरि आलाकाचा उमेद्वारलाई चुनावमा खडा गर्दा समेत यो हालत छ नत्र साच्चै भनेजस्तो तयारी गरेको भए ठुला पार्टीको अवस्था सोच्च नसक्ने हुने थियो ।

अन्तिम मतपरिणाम नआउदै धेरै लेख्नु हतार होला तर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो हुने दलसग सत्तागठबन्धनका लागि सहकार्य गर्ने हैसियत बनाउन सक्ने स्पष्ट देखिन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update