Public Pana
गौर हत्याकाण्डमा सरकार र पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति

जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार भएको पाँचबुँदे सहमतिमा जसपाले त्यो सहमतिप्रति आपत्ति जनाएको हो ।

आज शुक्रबार आयाजित पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साह सहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।

उनले गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न पनि माग गरे ।

जसपाले गौर हत्या काण्डका बारेमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ ।

२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update